महेन्द्रनगर, ६ वैशाख । नेकपा माओवादी विप्लव समुह कञ्चनपुरले जिल्लाको एक उद्योगीको जमिन कब्जा गरेको छ । विप्लव माओवादीले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार भन्दै चतुर्भुज मोहपालको सुडा-६ चौखुट्टीको डेढ विगाह जमिन कब्जा गरेको हो ।
माओवादीले हिजोराती मोहपालनको जमिनमा पार्टीको झण्डा गाम्दै जमिन कब्जा गरेको घोषणा गरेको छ । मोहपालले व्यपार तथा उद्योग संचालनको नाममा यस क्षेत्रकै राष्ट्रिय अर्थतन्त्रकै टाँट फल्टाउने काम गरेको भन्दै उसको जमिन कब्जा गरेको विप्लव माओवादी कञ्चनपुरले जनाएको छ ।
माओवादी कञ्चनपुरले आईतबार एक विज्ञप्ती जारी गर्दैै जिल्लाको तस्कर, कालोबजारी गर्ने जस्ता राष्ट्रघाती काम गरेको भन्दै जमिन कब्जा गरेको दाबी गरेको छ ।
चौखुट्टीमा रहेको चिनीमिल संचालन तथा तथा स्थानिय जनमुदायमा रोजगारी लगायत सडक विद्युत जस्तो विकासको प्रलोभन दिई रहेको उक्त जमिन प्लटिङ्ग गरि बिक्रि वितरण गरेकाले जमिन कब्जा गरिएको विप्लव माओवादीले जनाएको छ ।
विप्लव माओवादीले जिल्लाका भ्रष्ट, दलाल, तस्करी, कालोधन्दा गर्ने र राष्ट्रघाती बिरुद्ध अभियान संचालन गर्ने समेत चेतावनी दिएको छ । विप्लव माओवादी कञ्चनपुरका सचिव समर्पण शर्मा द्धारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा उक्त जमिन कब्जा भएकाले खरिद-बिक्रिमा जो कोही पनि संलग्न नभैदिन आग्रह गरेको छ ।















प्रतिक्रिया