४ कार्तिक २०८३, बुधबार

हावाहुरीले एकै परिवारका तीनलाई उडायो !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ७ वैशाख । प्राङबुङमा वर्षासँगै तीव्र गतिमा चलेको हावाहुरीका कारण एकै परिवारका तीनको गए राति मृत्यु भएको छ ।

भारत सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्किंदै गरेका प्राङबुङ–३ का श्रीप्रसाद खपाङ्गीसहित उहाँको परिवार प्राङबुङ–६ मा आइपुग्दा तीव्र गतिमा चलेको हावाहुरीका कारण ढलेको रूखले च्यापेर ५२ वर्षीय खपाङ्गी, १७ वर्षीय छोरा मनोज र १९ वर्षीय भतिजा अनिषको ज्यान गएको हो ।

तीनैको शव रूखले च्यापिएको अवस्थामा फेला पारिएको स्थानीय बासिन्दा विलबहादुर थाम्सहाङले बताउनुभयो । उहाँले भन्नुभयो-“हावाहुरीका कारण रूख ढलेर थिचेको हुन सक्छ, हामीले त्यहीँ अनुमान ग¥यौँ, जङ्गलको बाटो बढी हावा चल्दा त्यहीँ रूखले थिचेर घटना भएको हुन सक्छ ।” घटनास्थलतर्फ अहिले जिल्ला प्रहरी तथा प्राङबुङको टोली गइसकेको प्रहरी नायब उपरीक्षक दीपक पोख्रेलले बताउनुभयो ।

भिरबाट लडेर मृत्यु
भिरबाट लडेर हाङगुम–९ का जयमान राईका १२ वर्षीय छोरा पूर्णको मृत्यु भएको छ । जङ्गलमा एक्लै गएका उनको भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी रविराज थपलियाले जानकारी दिनुभयो । रासस