२९ आश्विन २०८३, बिहिबार

आईपीएलमा दिल्लीले हैदराबादलाई ४ रनले हरायो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

duminyकाठमाडौं, ५ वैशाख । भारतमा जारी र्इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादलाई ४ रनले पराजित गरेको छ ।

दिल्लीले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनायो । अन्तिममा ४ बनाउन चुक्दा हैदरावादले हार स्वीकार गरेको हो ।

सनराइजर्सका रभी बोपाराले ४१ रन बनाए । डेभिड वार्नर २८ रनमा आउट भए । दिल्लीका जेपी डुमिनीले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो । १५ रन जोड्दा पहिलो विकेटका रुपमा मयांक अग्रवाललाई गुमाएको दिल्लीको पारी श्रेयस इयर र जेपी डुमिनीले सम्हाले ।

श्रेयस इयरले ४० बलमा ६० रन बनाए भने डुमिनीले ४१ ब्लमा ५४ रन जोडे । केदार जादव १९ र एन्जेलो म्याथु १५ रन रनमा अविजित रहे ।