२९ आश्विन २०८३, बिहिबार

मेस्सीको गोलमा बार्सिलोना विजयी, ४०० सय गोलको रेकर्ड पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BARCELONA, SPAIN - APRIL 18:  Luis Suarez (C) of FC Barcelona celebrates with his teammates Lionel Messi (L) and Neymar of FC Barcelona after scoring the opening goal during the La Liga match between FC Barcelona and Valencia CF at Camp Nou on April 18, 2015 in Barcelona, Spain.  (Photo by David Ramos/Getty Images)काठमाडौं, ५ वैशाख । यो सिजनको स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोना उपाधिको नजिक पुगेको छ । विश्व फुटबल स्टार तथा स्ट्राइकर लिआनल मेस्सीले ४०० औं गोलको मद्दतमा बार्सिलोनाले उपाधि नजिक पुगेको हो ।

बार्सिलोनाले शनिबार भएको खेलमा भ्यालेसिन्यालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि लक्ष्य जिवितै राखेको हो ।

घरेलु मैदानमा शनिवार दिउँसो भएको खेलमा बार्सिलोनाका लागि पहिलो मिनेटमा लुइस स्वरेजले गोल गरेका थिए । त्यसपछि पनि भ्यालेन्सियाले बराबरी गोल फर्काउन निकै प्रयास गरेपनि खेलको अन्तिम मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

नेयमारको लामो पासमा मेस्सीले वान भर्सेज वानको अवस्थामा बल पाए । उनको पहिलो प्रहार भ्यालेन्सियाका गोल रक्षकले रोक्ने प्रयास गरे । तर, उनको हातमा लागेको बलमा मेस्सीले गोल गरे ।

यो जित सँगै लिग लिडर बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग ५ अंकको फराकिलो अग्रता कायमै राखेको । यद्यपि रियलले एक खेल्न बाँकी छ ।

यो गोलसँगै मेस्सीले बार्सिलोनाका लागि ४७१ खेलमा ४०० गोल गरेका छन् । जितसँगै बार्सिलोनाको ३२ खेलबाट ७८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल मडि«डको ३१ खेलबाट ७३ अंक छ ।