२९ आश्विन २०८३, बिहिबार

प्रहरीले गोली हान्दा एक युवकको मृत्यु, ३ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attackश्रीनगर, ५ वैशाख । भारतीय प्रहरीले शनिबार कश्मीरमा भारतविरोधी प्रदर्शनमा गोली प्रहार गर्दा १६ वर्षे एक युवकको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । यस हिमाली क्षेत्रमा पृथकतावादीहरूले दोस्रो दिन पनि हिंसात्मक प्रदर्शन जारी राखेका छन् ।

उक्त युवकका काकाले आफ्ना भतिजालाई प्रहरीले पक्राउ गरेको र अन्य दर्जनौँ प्रदर्शनकारीअगाडि नजिकैबाट गोली हानी मारेको आरोप लगाएका छन् ।

प्रहरीले यी काकाको आरोपका विषयमा अनुसन्धान गरिने बताएको छ भने अधिकारीहरूले सामान्य प्रक्रिया नाघेको स्वीकार गर्दै यस घटनामा खेद व्यक्त गरेको छ ।

उक्त घटना श्रीनगरको बाहिरी भागमा एक सरकारविरोधी प्रदर्शनबीच भएको हो । श्रीनगर भारत प्रशासित कश्मीरको प्रमुख नगर हो । कश्मीर मुलुकको मुसलमान बहुसङ्ख्यक बसोबास गर्ने राज्य हो ।

स्थानीय अस्पतालका प्रवक्ता ऐजाज मुस्तफाले गोलीको घाउले ती युवकको मृत्युभएको बताए । प्रत्यक्षदर्शीले अन्य तीन घाइते भएको जानकारी दिए । रासस/एएफपी