३० आश्विन २०८३, शुक्रबार

सूर्यबहादुरलाई हतारमा समवेदना प्रकट गरेँ, अहिले लाज लागेको छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-bahadur-thapa-
खोकु छिन्ताङ्ग दुख्यो की अरुण सुसाउँदा
मन सबको रुन्छ की दुख बिसाउँदा ।
https://www.youtube.com/watch?t=125&v=6V27sR0Nm0A

कुकृत्यलाई जनताले यत्तिसम्म सम्झंदा रहेछन । मलाई त्यत्ति हेक्का नै भएन र सूर्यबहादुर थापाको देहावसान हुनासाथ मैले उनले भर्खरै संबिधानसभामा सहमतिको लागि खेलेका सकारात्मक भूमिकालाई सह्राना गर्दै उनको मृत्युमा हतारोमा समवेदना प्रकट गरिहालें। अहिले कुरीकुरी लागि रहेको छ ।

सूर्यबहादुर थापाको देहावसान हुनासाथ मैले उनले भर्खरै संबिधानसभामा सहमतिको लागि खेलेका सकारात्मक भूमिकालाई सह्राना गर्दै उनको मृत्युमा हतारोमा समवेदना प्रकट गरिहालें। अहिले कुरीकुरी लागि रहेको छ ।

सूर्यबहादुरमाथि आफ्नै गृहजिल्ला धनकुटाको खोकु-छिन्ताङ्गमा २०३६ साल कार्तिक २६ देखि २९ गतेसम्म १५ जना मालेका समर्थक कार्यकर्ताहरूलाई अराष्ट्रिय तत्वको करार दिंदै चरम यातनासाथ मारेको आरोप छ । तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको ठाडो निर्देशनमा तत्कालिन कोशी अञ्चलाधीश शत्रुघनप्रसाद सिन्हा, पूर्वाञ्चलको डि.आइ.जी. डी. वी. लामा, विग्रेडियर जनरल कुवेरशमशेर राणा, कोशी अञ्चलका एस.पी. रामबहादुर श्रेष्ठ र कोशी अञ्चलका केही प्रमुख जिल्ला अधिकारीहरु सहितको भेलाद्धारा छिन्ताङ्ग हत्याकाण्डको धरानको फुस्रेस्थित सैनिक ब्यारेकमा योजना बनाएर १५ जना छिन्ताङ्गे जनताहरुको हत्या गरेका थिए ।

kavita-ram-shrestha
लेखक : डा कविताराम श्रेष्ठ

छिन्ताङ्गका गोपाल आन्नद राई, बलबहादुर खत्री, धनबीर खत्री, गम्भीरमान दर्जी, टंकबहादुर बिश्वकर्मा, लाखमान साधु राई, केशरमान राई, हाखिमा राई, पुत्रमान राई, चन्द्र बहादुर दमाई, गंगाबहादुर र्राईले सहादत प्राप्त गरेका थिए । त्यसैगरी आखीसल्ला गाउँ बिकास समितिका गणेश बहादुर विश्वकर्मा र झगेन्द्र राईले सहादत प्राप्त गरेका थिए । अधिकांशलाई प्रहरीले चरम शारिरिक यातना दिएपछि गोली हानी हत्या गरेका थिए । त्यही कालो दिनको सम्झना गरेर सहिदहरुप्रति श्रद्धान्जली चढाउन हरेक वर्ष खोकु-छिन्ताङ्ग-आँखिसल्लामा शहिद दिवस मनाइन्छ र ठूलाठूला नेताहरू सहभागिताको लागि जान्छन पनि । तर आफ्नै पार्टी धेरैपल्ट सरकारमा बस्दा पनि ती १५ जना शहिदहरूलाई राष्ट्रिय शहिद घोषणा गराउन सकेको छैन, बरू जनताको नजरका ती आततायी सूर्यबहादुरको शवमा राष्ट्रिय सम्मान दिन पुगेको छ । अहिलेको जनआक्रोश त्यही हो ।

तर मानव सभ्यता र हाम्रै संस्कृतिको अर्को उदार बडप्पनको पाटो पनि छ । कुकृत्य जेजस्तो भएपछि त्यसलाई यथा छोडेर हामी मृत शत्रुलाई सम्मान दिन्छौं । एमाले पार्टी र त्यसको सरकारले त्यही गर्यो । म पनि त्यही संस्कृतिको निर्माण न हुँ । मबाट पनि त्यस्तै हुन गयो । तर कुरा त यो हो नै कि हामीले सूर्यबहादुरले दिएको पीडा बिर्सेको छैनौं । इतिहास निभ्दैन हिसाब त जनातालोए जहिले पनि खोज्छन नै । सन् २०१२ मै छिन्ताङ हत्याकाण्डको बारेमा पत्रकार जसकुमार रार्इले डकुमेन्ट्री निर्माण गरेका थिए, जुन यहाँ हेर्न सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस्:
मरेपछि सूर्यबहादुरलाई गाली नै गाली, यस्तो देखियो सामाजिक सञ्जाल