४ कार्तिक २०८३, बुधबार

८३ बर्षिय मिनबहादुर शेरचन सगरमाथा चढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

min-serchan  काठमाडौं, ५ वैशाख । गैरआवासीय नेपाली संघ, युकेको प्रायोजनमा र हिमालयन गाईड्सको प्राविधिक सहयोगमा ८३ बर्षीय ९ महिनाका मिनबहादुर शेरचनले सगरमाथा चढ्ने तयारी गरेका छन् ।

उनले सगरमाथा चढनका लागि पुराउने पर्ने सरकारी प्रावधान समेत पुरा गरी सगरमाथा आरोहणको लागी प्रस्थानको तयारी गरेका छन् । सगरमाथा आरोहणका लागी चाहिने आवश्यक कागजपत्र समेत पुरा गरिसकेको हिमालयन गाईड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताए ।

min-serchan-1

उनले भने–‘लोकतन्त्र दिवसका दिनको आरोही शेरचन सगरमाथा आरोहणका लागी लुक्ला प्रस्थानगर्ने अन्तिम तयारी गरेका छन् । यसका लागी हामीलाई चाहिने सरकारी परमिट लिई सकेका छौ’ अब आरोही शेरचन लुक्लातर्फ लाग्ने तयारीमा रहेको बताए ।

सन २००८ मा ७६ बर्षको उमेरमा शेरचनले जापानका ७५ बर्षीय युचिरो मिउराले गरेको वल्र्ड रेर्कडलाई उछिनेर सगरमाथा आरोहण गरी सबैभन्दा जेष्ठ आरोहीको उपाधी पाएर गिनीज बुक अफ द वल्र्डमा रेर्कड कायम गराएका थिए ।

तर सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछी शेरचनको वल्र्ड रेकडको उपाधी खोसिएको थियो । गएको बर्ष शेरचन सगरमाथा आरोहणका लागी सगरमाथाको क्याम्प १(६००० मि) सम्म गईसकेको थिए । तर प्रतिकुल मौसमका कारण आरोहण रद्द गरी फिर्ता भएका थिए ।

प्रबन्ध निर्देशक पौडेलका अनुसार शेरचन सगरमाथा चढ्नका लागी शारीरिक रुपले तन्दरुस्त रहेका छन् । सबै भन्दा पाको उमेरमा चढ्नका लागिएको बर्ष क्याम्प १ सम्म तयारी साथ बसेका थिए । तर मौसम खराबी भएका कारण आधार शिविरबाट फर्केका थिए ।

min-serchan-2तर अहिले उनले सगरमाथा चढेर मात्रफर्कनेमा आफुहरु आशाबादी रहेको पौडेलले बताए । शेरचन भन्छन् अहिले सम्ममा आफ्नो स्वास्थय पुर्ण स्वस्थ रहेका कारण यो पटक सगरमाथा आरोहण गरेर मात्र फर्कने बताए । सगरमाथा आरोहणका लागी तिन वटा कुरा महत्तव रहन्छ ।

पहिलो रक्तचाप, दोस्रो अल्टीच्यूडका बारेमा जानकारी तेस्रो नियमित ब्यायाम । यी तिनै कुरामा आफु ठिक भएकाले सगरमाथा आरोहण गर्नेमा विश्वस्त रहेको उनले बताए ।

गैर आवासीय नेपाली संघ, युकेका नेपाल प्रतिनिधी दुर्गा बहादुर बुढा(सागर)ले भने नेपालको गौरब राखीसेका ब्यक्ती पुन सगरमाथा जस्तै विश्वमा नेपाल र नेपालीको गौरबलाई उच्च बनाउछु भन्ने उद्घोष गरे, त्यो कार्यलाई साथ दिनका लागी आफ्नो सस्थाले साथ दिएको बताए ।

गैर आवासीय नेपाली संघ, युकेका नेपाल प्रतिनिधी बुढा भन्छन् मानिसहरु यो उमेरमा खाली त्यतीकै बसेर समय विताउने सोच्छन्, तर आरोही शेरचन देशकै नाम विश्वमा उच्च राख्छु भने पछी आफ्नो सस्थाले उहाको आटलाई साथ दिएको बताए ।

आरोही शेरचनलाई ५ जना अनुभवी माउन्टेन गाईड सहित सगरमाथा आरोहण गर्ने तयारी रहेको निर्देशक पौडेलले बताए । यस अघि हिमालयन गाईडसले विश्वरेर्कडमा आफ्नो नाम उल्लेख गरेका सुर्दशन गौतम लगाएत बेलायतका महारानी एलिजावेथले सर उपाधि पाएका सर र्यानअफ फिनीस , एकै मौसममा सगरमाथा, लोत्से र नुप्से आरोहण तथा ११ पटक सगरमाथा आरोहण गरेका पहिलो बेलाएती नागरीक केन्टन कुललाई समेत आरोहण गराईसकेको छ ।