गोलबजार (सिरहा), ५ वैशाख । सिरहाको लहान–ठाडी सडक खण्डमा बसको ठक्करबाट आज एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका श्रीमती घाइते हुनुभएको छ ।
मृत्यु हुनेमा महदेवा पोर्ताहा गाविस–५ का ३५ वर्षीय संजय यादब रहेका छन् भने उहाँका श्रीमती ३२ वर्षीया अमिरकला यादब गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । घाइते अमिरकलालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ ।
लहानबाट भगवानपुर जाँदै गरेको ना.१ख. ८५८१ नम्बरको अनुराधा ट्राभल्सले गोविन्दपुरबाट परियारपुर पैदल आउने क्रममा यादब दम्पतिलाई ठक्कर दिएको थियो । बस तथा चालकलाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस















प्रतिक्रिया