४ कार्तिक २०८३, बुधबार

बागलुङमा आमाहरु बुढेसकालमा स्कुल जाँदै , कक्षा चढदै जाँदा झन उत्साहित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aama-student

– रबिना बोहरा
बागलुङ, ४ बैशाख । चार दशकको उमेरमा कक्षा एकमा भर्ना भएर अध्ययन गर्न थालेकी बागलुङ भीमापोखरा–९ की सावित्रा शर्मा ०७० सालको वार्षिक परीक्षाको नतिजासँगै कक्षा तीनमा उत्तिर्ण भएकी छन् ।

शर्मा मात्र होईन २०६९ सालमा कक्षा एकमा भर्ना भएर अध्ययन गर्न थालेका शिवालय निमावि भीमापोखराका स्थानीय २० जना आमा विद्यार्थीहरुले आफ्नो अध्ययनको शिलशिलालाई अगाडी बढाई रहेका छन् ।

दुई वर्ष अघि एक कक्षामा भर्ना भएका अधिकांस आमा विद्यार्थी हाल कक्षा ३ मा उतिर्ण भएको प्रधानध्यापक विद्यापति शर्माले जानकारी दिए । आमा विद्यार्थीहरु कक्षा चढदै जाँदा अध्ययन प्रति उत्साही बन्नुका साथ आमा कक्षा प्रभावकारी बन्दै गएको छ ।

मोवाइल समेत चलाउन नसक्दाको पीडाले विद्यालय भर्ना भएको थियौ आमा विद्यार्थी धनकुमारी विकले भनिन–‘पढदै जाँदा नेपाली, अग्रेजी र गणितको सामान्य समस्या हल गर्ने सक्ने भएका छौ ।’

सोही कक्षामा अध्ययनरत ५ जना आमा विद्यार्थीले २०७१ सालको कक्षा आठको जिल्ला स्तरीय परिक्षामा सहभागीता जनाएका थिए । २० जना विद्यार्थीबाट सुरु भएको आमा कक्षामा हाल ३७ जना आमाहरु अध्ययनको लागि भर्ना भएका छन् ।

शैक्षिक सत्र २०७२ को लागिे आमा कक्षाको लागि कक्षा १ मा ६, २ मा १८ र ३ मा १३ जना आमा विद्यार्थी भर्ना भएका छन् । जसमध्ये ११ जना दलित, ७ जना जनजाती र १९ जना अन्य समुदायका आमाहरु रहेका छन् ।

मोवाईल चलाउन सक्षम हुने हेतुले विद्यालय भर्ना भएका आमा विद्यार्थीहरु यति बेला थप ज्ञान र दैनिक जीवनको समस्यालाई समाधान गर्नुका साथै सिप मुलक तालिम समेत लिन थालेका छन । नेपाली, अग्रेजी, गणित र व्यवहारिक सिप पाठक्रममा पढाई हुने सो कक्षाका आमाहरुले विद्यालयको पाठयक्रम अन्तर्गत मुढा बुन्ने, तरकारी खेती, प्लाष्टिकका विभिन्न सामाग्री निर्माण लगायतका आयआर्जन मुलक सिप पनि हासिल गरेका छन ।

२५ वर्षभन्दा माथीका निरक्षर रहेका महिलाहरुलाई साक्षर बनाउने उद्देश्यले आमा कक्षाको नाम दिइएको सो कक्षा सञ्चालनका लागी शिवालय निप्राविको स्थानिय स्रोतबाट व्यवस्थापन गरिएको प्रधानध्यापक शर्माले जानकारी दिए ।

आमा कक्षामा अध्ययनको लागि आकर्षण बढे पनि आवश्यक भौतिक तथा मानविय स्रोत नहुँदा शिक्षालाई सिमित संख्यामा राख्नुपर्ने बाध्यता भएको प्रधानध्यापक शर्माको भनाई छ ।

नेपाल सरकारले विद्यालय तहमा अध्ययन गर्ने छात्राहरुलाई छात्रवृत्तिको व्यवस्था गरे पनि आमा विद्यार्थीहरुको लागि भने सरकारी तहबाट कुनै किसिमको छात्रावृत्तिको तथा अन्य सुविधाको व्यवस्था गरिएको छैन ।

एसएलसी सम्मको अध्ययन गर्ने उद्देश्य बोकेका आमा विद्यार्थीहरुको लागि सरकारी तहबाट सहयोग गर्न सके थप हौसला प्रदान हुने स्थानीय रामप्रसाद शर्माको भनाई रहेको छ ।