ललितपुर, ४ बैशाख । ललितपरमा एक पुरुष घरको एकतला माथिको झ्यालबाट खसेर मृत्यु भएको छ ।
उपमहानगरपालिका–२३ इसीमोड बस्ने ४८ वर्षीय तिर्थ ओली बिहिबार एकतला माथिको झ्यालवाट भित्र पस्ने क्रममा अचानक लड्न गई घाईते भएकोमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया