३० आश्विन २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा साउदी पुगेकी महिलालाई फाँसीमा चढाएर टाउको काटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahila-indonesiya

काठमाडौं, वैशाख ४ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब पुगेकी एक महिलाको मृत्यु भएको छ ।

साउदीमा घरेलु कामदारका रुपमा कार्यरत इण्डोनेशियालीकी महिला कामदारको टाउको काटेर मृत्युदण्ड दिइएको हो । यो घटनाको मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले विरोध गरेको छ ।

मालिकले यौन शोषण गरेपछि छुरा प्रयोग गरी मालिकको हत्या गरेको अभियोगमा ती महिलालाई साउदी अरब सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो ।

साउदी अरबको सरकारी समाचार संस्थाका अनुसार मदीनामा रहेकी जैनब दुहरी मानसिक रुपमा कामजोर थिइन् । उनलाई फाँसीमा चढाएर घाटी काटिएको थियो । एजेन्सी