जकार्ता, ४ वैशाख । विमानमा बम राखेको हल्लापछि इन्डोनेसियाको एक विमान अकस्मात अवतरण गराइएको छ । एक यात्रुबाहक विमानमा बम राखिएको भनी सूचना दिएपछि सो अवस्था आएको हो ।
जकार्ताबाट उडेको सो विमानमा बम राखिएको भनी सूचना गरिएपछि जकार्तामा अवस्थित हवाई नियत्रन्त्रण कक्षले सो विमानलाई आकस्मिक अवतरण गराउन भनेको थियो ।
बाटिक एयरवेजको सो जहाजमा बम राखिएको सूचनापछि जकार्ताबाट दक्षिण सुलावेसीमा पुगेको विमानलाई त्यर्ही अवतरण गराइएको थियो । सो विमान अम्बोनका लागि हिडेको थियो । विमान सुलालेसीमै अवतरण गराइएको थियो ।
तर सो जहाजमा बम भने नरहेको पाइएको समाचारमा जनाइएको छ । जहाजलाई आकस्मिक अवतरण गराइएपछि सो विमानमा गरिएको व्यापक खानतलासीपछि बमभने नभेटिएको बताइएको छ ।
सो सूचना नक्कली पाइएपछि बम राखेको भनी फोनगर्ने व्यक्तिको खोजी भइरहेको बताइएको छ । बाटिक एयर इन्डोनेसियाको सबैभन्दा कम मूल्यमा सेवादिने विमानसेवा हो । रासस/एएफपी
















प्रतिक्रिया