३ कार्तिक २०८३, मंगलबार

क्रिकेट संघमा चरम लापरबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) को चरम लापरबाही र गैरजिम्मेवार रबैयाले आगामी टिट्वेन्टी विश्वकप छनोट क्रिकेटअघि टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना नहुने भएको छ।

वैशाख १२ देखि आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई नै आधार बनाएर क्यानले टिट्वेन्टी विश्वकप छनोटका लागि बन्द प्रशिक्षण गर्न खेलाडी छान्ने तयारी गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

नेपालले आगामी जुनमा एकदिवसीय स्वरूपको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप र जुलाईमा टिट्वेन्टी विश्वकपको छनोट खेल्ने कार्यक्रम छ।

यसअघि क्यानले टिट्वेन्टी राष्ट्रिय प्रतियोगितापछि मात्र ५० जना खेलाडीलाई छनोट गरेर यी दुवै प्रतियोगिताको तयारी थाल्ने जनाएको थियो। एकदिवसीय राष्ट्रिय प्रतियोगिता भने केही साताअघि भइसकेको छ।