२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय लिग : तेस्रो स्थानमा आर्मी, शीर्ष स्थानको मनाङले अङ्क बाँड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

national-leg-footballकाठमाडौँ, ३ वैशाख । राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोफसलको टोली जगदम्बा लुम्बिनीलाई ५–० गोल अन्तरले पराजित गरेको छ । आज बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा निकालेको फराकिलो जीतले आर्मीलाई तेस्रो स्थानमा उकालेको छ

घरेलु टोली जगदम्बा लुम्बिनी क्लब आर्मीका सामु सबै पक्षमा निरीह देखियो । लुम्बिनीलाई पराजित गर्ने क्रममा आर्मीका नवयुग श्रेष्ठ र अमृत वस्नेतले समान २–२ गोल तथा टेकबहादुर बुढाथोकीले एक गोल गरे ।

पहिलो हाफमा एक गोल मात्र गरेको आर्मीले दोस्रो हाफमा चार गोल थपेको थियो । आर्मीका लागि ४० औँ मिनेटमा नवयुग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने आर्मीले लगातार गोल ग¥यो । दोस्रो हाफको ६४औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे भने त्यसलगत्तै ६९ आँै मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि गोल गर्ने पालो रह्यो अमृत वस्नेतको । अमृतले खेलको ८२ औँ र अतिरिक्त समयमा गोल गर्दै आर्मीको फराकिलो जित सम्भव बनाएका थिए । पराजित लुम्बिनीले पनि केही गोलका अवसर गुमाएको थियो ।

जितसँगै आर्मीले पाँच खेलबाट नौ अङ्क जोडेको छ भने छ खेलबाट चार अङ्क मात्र जोडेको लुम्बिनी तालिकाको पुछारबाट दोस्रोमा छ ।

यसैगरी, मोरङमा भएको अर्को खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले कमजोर प्रतिद्वन्द्वी मोरङ फुटबल क्लवसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ । विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा घरेलु टोली मोरङले उपाधिको बलियो प्रत्यासी तथा शिर्ष टोली मनाङलाई बराबरीमा रोक्दै अङ्क खोस्न सफल भएको हो ।

ए डिभिजन च्याम्पियनसमेत रहेका मनाङलाई रोक्न मोरङका किपर किशोर गिरीले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले मनाङको पटक पटकको प्रहार गोल हुनबाट बचाएका थिए ।

आजको बराबरीले पनि पाँच खेलबाट ११ अङ्क जोडेको मनाङ तालिकाको शीर्ष स्थानमा यथावत छ । तालिकाको पुछारमा रहेको मोरङ्को छ खेलबाट तीन अङ्क रहेको छ ।

धनगढीमा भएको खेलमा सुदुरपश्चिमले पनि विभागीय टोली नेपाल एपिएफ क्लबसँग गोलरहित बराबरी खेलेको छ । सुदूरपश्चिमको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्न नसक्दा अङ्क बाड्न बाध्य भए । बराबरीपछि एपिएफ पाँच खेलबाट आठ अङ्क जोड्दै तालिकाको पाचौँ स्थानमा छ भने सुदुरपश्चिमले छ खेलबाट पाँच अङ्क जोड्दै तालिकाको साताँै स्थानमा छ । रासस