२९ आश्विन २०८३, बिहिबार

क्ञ्चनपुरको झलारीमा तेक्वान्दो प्रतियोगिता सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tai-quan-do-nepali-player

महेन्द्रनगर, ३ वैशाख । कञ्चनपुरको झलारीमा दुई दिने तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । झलारीमा बिहिबारबाट जिल्ला स्तरीय तेक्वान्दो डोजाङ प्रतियोगिता सुरु भएको हो ।

विकास अनुसासन र गतिशिलताको मुल मर्मबोकेर हुन लागेको प्रतियोगितामा जिल्ला भरबाट विभिन्न तौल समुहका खेलाडीहरुको सहभागिता रहेको छ ।

झलारीकोे खुला मञ्चमा भैरहेको तेक्वान्दो डोजाङ्ग प्रतियोगिताको विहिबार उद्घाटन भएको खेलमा आयोजक समितिका संयोजक लालबहादुर सिंहको अध्यक्षता तथा झलारी पिपलाडी नगरपालिकाका कार्यकारी प्रमुख शेरबहादुर बुढाको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा तेक्वान्दो डोजाङ्गका कञ्चनपुर सहायक प्रशिक्षक मोहन प्रताप गुरुङ्ग र ईप्रका झलारीका प्रहरी निरीक्षक ज्ञानबहादुर सेठी विशिष्ट अतिथी रहनुभएको थियो ।

यस क्षेत्रको तेक्वान्दो डोजाङ्गमा महोत्वपुर्ण योदान पु¥याएका खेलाडी जगतबहादुर सिंहले स्वागत मन्तव्य दिदै ‘खेलकुद क्षेत्रको विकासमा सरकार संगै सबैको ध्यान जानु पर्ने, र खेलाडीलाई प्रत्साहन गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शुभकामना दिदै झलारी पीपलाडी उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त भट्टले खेल विकास संगै झलारीमा खेलमैदानको विकासमा पनि सबैको हातेमालो हुनु पर्ने बताउनुभयो ।

कार्यक्रमा समाजसेवी दिलबहादुर ऐर, पुर्व खेलाडी तथा गाविस अध्यक्ष रहेका टेकबहादुर हमाललगायतका बक्ताहरुले खेल क्षैत्रको विकास र संभावनाका बारेमा चर्चा गर्नु भएको छ ।

दुई दिन सम्म चल्ले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुस्कार तथा सम्मान गरिने आयोजक झलारी डोजाङ्गले बताएको छ ।