काठमाडौं, ३ वैशाख । उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरलाई विहीबार साँझ काठमाडौं ल्याइएको छ ।
पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थापाको पार्थिव शरीर विहीबार साँझ ६ बजे भारत सरकारको विशेष विमानबाट स्वदेश ल्याइएको हो । पूर्वप्रधानमन्त्री थापाको शवलाई श्रद्धाञ्जली दिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौको संख्यामा नेता कार्यकर्ताहरू उपस्थित भएका थिए ।
उनको पार्थिव शरीरलाई अहिले मालिगाउँस्थित निवासमा राखिएको छ । भोलि बिहान १० बजेसम्म उहाँको देह उहाँकै मालिगाउँस्थित निवासमा राखिने भएको छ ।
दिवङ्गत थापाको पार्थिव शरीरलाई भोलि बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने छ । त्यसपछि पूर्वप्रधानमन्त्री थापाको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
![lbNnLdf pkrf/sf qmddf lgwg ePsf k"j{k|wfgdGqL ;"o{axfb'/ yfkfsf] kfly{a ;l//df dflnufpF l:yt lgjf;df >4fGhnL ck0f{ ub}{ 5f]/f ;'gLn jfa' yfkf . tl:a/ M k|bLk/fh jGt /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/04/Surya-bahadur-Thapa-3.jpg)
![lbNnLdf pkrf/sf qmddf lgwg ePsf k"j{k|wfgdGqL ;"o{axfb'/ yfkfsf] kfly{a ;l//df dflnufpF l:yt lgjf;df >4fGhnL ck0f{ ub}{ cfkmGthgx? . tl:a/ M k|bLk/fh jGt /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/04/Surya-bahadur-Thapa-2.jpg)




















प्रतिक्रिया