काठमाडौँ, ३ वैशाख । देशमा बलात्कारीलाई फाँसी सजाय दिनुपर्ने माग उठिरहेका बेला व्यवस्थापिका-संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले आजको बैठकमा बलात्कारीलाई कडा सजायको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति रञ्जुकुमारी झाका अध्यक्षतामा भएको बैठकले बालिका बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजाय दिने विकल्पका रुपमा ‘केमिकल क्यास्ट्रेसन’(रासायनिक बन्ध्याकरण)लाई कानुनी व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
रासायनिक बन्ध्याकरणले पुरुषलाई कहिल्यै पनि यौन उत्तेजना हुनेछैन् । अर्थात नपुक्सक बनाईने छ ।















प्रतिक्रिया