२९ आश्विन २०८३, बिहिबार

उडानका क्रममा आगो लागेर विमान दुर्घटना, पाइलटले हाम फालेर ज्यान जोगाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biman-japanजकार्ता, ३ वैशाख । इन्डोनेसियाको जकार्ता विमानस्थलमा एक विमान उडान भर्ने क्रममा आगो लागेपछि विमान चालक अकस्मात चालकको कक्षबाट भागेका बताइएको छ ।

यसरी हामफालेर भाग्न खोज्ने विमानचालक सामान्य घाइते भएका र उनको उपचार जारी रहेको छ । बिहीबार बिहान सो दुर्घटना भएको बताइएको छ ।

सो विमानस्थलबाट विमान उड्नैलाग्दा विमानमा आगो लागेको देखिएपछि विमान चालक सुरक्षाका लागि भाग्न खोजेको बताइएको छ ।

इन्डोनेसियाली सेनाको लडाकू विमानमा सो खराबी देखिएको थियो । सैनिक प्रवक्ता अगुस सुप्रियन्ताले विमानको इन्जिनमा खराबीका कारण धुवाँको मुस्लो निस्किएको र एकैछिनमा आगो लागेको जानकारी दिनुभयो ।

इन्डोनेसियाली सेनाको एफ १६ नामक सो विमानमा के कति कारणले समस्या देखा प¥यो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको पनि सैनिक प्रवक्ताले जानकारी दिएका छन् ।

सो विमानमा रहेका सैनिकहरु सबै सकुशल रहेका छन् । सो विमान संयुक्त राज्य अमेरिकाले केही समयअघिमात्र इन्डोनेसियालाई सहयोगस्वरुप दिएको थियो । रासस/एएफपी