२९ आश्विन २०८३, बिहिबार

यस्तो छ नेपाल भित्र्याइएको सामसुङ ग्यालेक्सी स्मार्टफोन ‘एस-६’ (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsung

काठमाडौं, ३ वैशाख । प्रविधिको दुनियाँमा रफ्तारमा रहेको बहुप्रतिक्षित स्मार्टफोन सामसुङ ग्यालेक्सी ‘एस–६’ र ‘एस–६ इज’ नेपाली बजारमा भित्र्याइएको छ ।

विश्वका ठूला १० वटा देशमा अघिल्लो साता औपचारिक रुपमा सार्वजनिक भएका सामसुङ ग्यालेक्सीका दुई ‘एस–६’ र ‘एस–६ इज’ नेपाली बजारमा ल्याइएको हो ।

Samsung-Gyalexy-S65नेपाल भित्र्याइएको दुई ‘एस–६’ र ‘एस–६ इज’ स्मार्टफोनको सामसुङ इलेक्ट्रोनिक्स कोरियाका उपाध्यक्ष वान र सामसुङ नेपालका प्रमुख प्रणयरत्न शाक्यले बिहीबार काठमाडौंमा भव्य समारोहबीच सार्वजनिक गर्नुभयो ।

विहीबार सार्वजनिक गरिएका ‘एस–६’ र ‘एस–६ इज’को नेपाली बजारमा मूल्य ७७ हजार ९ सय रुपैयाँ र ९४ हजार ९ सय रुपैयाँमा तोकिएको कम्पनीले जनाएको छ ।

३२ जीबी आन्तरिक स्टोरेज भएका दुबै स्मार्टफोन नेपाली बजारमा चार कलरमा पाइनेछ । स्मुथ ग्लास र स्टिल कभर राखिएको यो मोवाइल सामसुङका यसअघिका उत्पादन भन्दा निकै फरक छन् ।

सामसुङका उपाध्यक्ष वानले विश्वकै सबैभन्दा उच्चस्तरीय प्रविधि प्रयोग गरेर नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको जानकारी दिनुभयो । स्मार्टफोनमा उत्कृष्ठ क्षमताको क्यामेरा, उच्च क्षमताको व्याट्री लगायतका पर्याप्त सुविधाहरु छन् ।

samsung-2 galaxy-s6samsung-3 samsung-4