झापा, ३ वैशाख । २०७१ सालको झापाको उत्कृष्ठ नागरिक घोषणा गर्दै बरिष्ठ गीतकार शिव शंकर थापालाई अभिनन्दन गरिएको छ । झापाका ७० भन्दा बढी संघ संस्थाले एक साथ बरिष्ठ गीतकार थापालाइ अभिनन्दन गरेको हो ।
विरता जेसिस विर्तामोड र विर्ता लेडी जेसिसको अगुवाइमा झापाका ७० बडी संघ संस्थाले गीत संगीतको माध्यमबाट उत्कृष्ठ योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । भन्थिन उनी मेरी मेरो पाइला नटेकिदिनु, कुल्चिसकेकी छु काँडालाई फुल भनेर जस्ता कालजयी गीतहरु सिर्जना गरी नेपाली सांगीतिक यात्रामा होमिएका थापाले लामो समयदेखि नेपाली संगीत क्षेत्रमा कलम योगदान गरेका छन् ।
विर्तामोड स्थायी वसोवास भएका थापाले यो सम्मानले आफुलाइ अझ केही गर्न हौसला बढाएको बताउनु भएको छ।
नेपाली भाषी दाजिलिगँको बरिष्ठ कवि अशोक राइको प्रमुख आथित्यतामा भएको अभिनन्दन समारोहमा झापाली कवि तथा कवियात्रीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
गतवर्ष बरिष्ठ साहित्यकार गणेश बहादुर प्रसाइलाई अभिनन्दन गरिएको यो सम्मानबाट हाल सम्म नापी विभागका पुर्व महानिर्देशक पुन्य ओली, बरिष्ठ अधिवक्ता लिला उदासी, प्राज्ञ दान खालिगँ, लगायत सम्मानित भैसक्नु भएको छ ।















प्रतिक्रिया