काठमाडौँ, ३ वैशाख । नेपाल राष्ट्र बैंकले पिपल्स फाइनान्स लिमिटेडमाथिको कारबाही फुकुवा गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०६४ बमोजिम केन्द्रीय बैंकले दिएको शीघ्र सुधारात्मक कारबाही आज फुकुवा गरेको हो ।
उक्त फाइनान्सले निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने सबै रकम भुक्तानी गरिसकेको जनाउँदै केन्द्रीय बैंकले फाइनान्सलाई ‘क’ वर्गको वाणिज्य बैंकले गर्ने एकीकृत कारोबारको अनुमति पनि दिएको बताएको छ । रासस
















प्रतिक्रिया