धनगढी, ३ वैशाख । कैलालीको अत्तरिया नगरपालिका–१३ स्थित मनहरा खोलामा नुहाउने क्रममा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ ।
खोलामा डुबेर अत्तरिया नगरपालिका-१३ का गोरख गिरीका १२ वर्षीया छोरी करिश्मा गिरी तथा धनगढी नगरपालिका–१० शिवनगरका रमेश नाथका छोरीहरु १२ वर्षीया अस्मिता नाथ र आठ वर्षीया अनिशा नाथको मृत्यु भएको हो ।
तीनै बालिकाको शव खोलाबाट निकालिसकिएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गर्मी भयो भन्दै उनीहरु नुहाउन मनहरा खोलामा गएका थिए ।















प्रतिक्रिया