४ कार्तिक २०८३, बुधबार

खहरे खोलाको सतह बढ्दा माडी उपत्यका जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madi-chitwan-badi

– तीर्थ नेपाल
चितवन, ३ बैशाख । स्थानीय खहरे खोलामा बढेको सतहले चितवनको माडी उपत्यका जोखिममा परेको छ । माडीका रिउ, रेवा, मौवा खोला लगायतका खहरेमा वालुवा, गिटी र माटोले सतह बढाएको हो ।

खोलामा थुप्रिएका नदीजन्य पदार्थ बस्तीको जमिनको सतह भन्दा माथी पुगेकाले माडी उपत्यकालाई नै जोखिम बढाएको माडी नगरपालिकाका कार्यकारी अधिकृत केशव वरालले जानकारी दिए । वरालका अनुसार रिउ खोलामा वालुवा, माटो, गिटीले झण्डै २ मिटर सतह बढाएको छ ।

हरेक बर्षको बर्षायाममा माडीमा सयौं हेक्टर जमिन कटान हुनुका साथै बस्ती डुवान हुने गरेको छ । नदीको सतह बढेकाले बिगतको बर्ष झैं बाढी आए क्षती झन बढ्ने अवस्था रहेको अधिकृत बरालले बताए । हरेक बर्षको बाढिले माडीको जनजीवन कष्टकर बनाएको उनले बताए ।

रिउ खोलामा हाल निर्माण गरिएको पुल भन्दा पहिले बनाइएको पुल पनि नदीको बाढिले बगाएको थियो । पुरानो पुल भत्कनुको पछाडी सतहमा भएको बृद्धिले नै प्रभाव पारेको बिपद जोखिम न्युनिकरणमा कार्यरत नेपाल ग्रामिण आत्मनिर्भर अभियान(रुसेक)का अध्यक्ष रवीकिरण पौडेलको बुझाई छ ।

‘वालुवा र गिटीले नदी भरिएपछि पुल माथी खोला बग्या’, अन्तत भत्कन पुग्या’¬े पौडेलले भने । हाल रिउ खोलामा नयां पुल निर्माण गरिएको छ । माडीको जोखिम संभावनालाई मध्यनजर गर्दै रुसेकले संयुक्त राष्ट संघिय बिकास कार्यक्रमको सहयोगमा ६ महिने सचेतामुलक कार्यक्रम सञ्चालन गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

खोला खहरेमा भरिएको गिटी वालुवालाई निकाल्न बिद्यमान कानुनी प्रावधानले रोकेको छ । निकुञ्ज संरक्षण ऐन र राष्टपति चुरे संरक्षण कार्यक्रमका कारण खोला खहरेवाट गिटी वालुवा निकाल्न पाईदैन । राष्टिय निकुञ्ज संग जोडिएको र राष्टपति चुरे संरक्षण कार्यक्रम लागु भएका कारण नदीमा भरिएका गिटी वालुवा निकाल्न नसकिएको चितवनका स्थानिय बिकास अधिकारी भरतमणी पाण्डेले बताए ।

उनले माडीका खहरे खोलामा भरिएको वालुवा निकाल्न परेको कानुनी अड्चन फुकाउन केन्द्रिय तहमा पटक पटक आग्रह गरिएको उल्लेख गरे । ‘हामीले प्रधानमन्त्री, मन्त्रीज्यु, र अरु सरोकारलवाला निकायमा अनुरोध गरेका छौं, यदी मन्त्रीस्तरिय निर्णय आउने हो भने अड्चन फुक्ने थियो ।’-पाण्डेले भने ।

बिगतमा लोथर खोलामा पनि यसैप्रकारको समस्या आएको र त्यसलाई मन्त्री स्तरिय निर्णयवाट समाधान गरिएको स्थानिय बिकास अधिकारी पाण्डेले बताए । लोथरमा वालुवा बढेर पुल छोप्ने खतरा बढेको थियो । वाढि आउंदा बस्ती प्रभावित भएको थियो । माडी उपत्यकामा रहेका खोला खहरे गहिराउन सके जोखिम न्युनिकरण हुने पाण्डेले बताए ।

नदी गहिराउने क्रममा निस्कने वालुवा, गिटी र माटोले नगरपालिकाको आयश्रोत पनि बढ्ने उनले जनाए । चितवनलाई बिपद जोखिमका हिसावले पूर्वी चितवनको लोथर खोला, पाहाडी नौ गाविसमा हुने भूक्षय, नारायणी र राप्ती नदीको वाढी र माडी उपत्यकाका खहरेखोलाका बाढी गरी चार क्षेत्रमा बिभाजन गरेर जिल्ला बिकास समितिले कार्यक्रमहरु तर्जुमा गर्ने गरेको पाण्डेले बताए ।

यसैबीच माडी नगरपालिकाले जलवायु अनुकुल र बिपद जोखिम न्युनिकरण सम्वन्धि जिल्लाका पत्रकारहरुलाई तालिम दिएको छ । सर्वसाधरणलाई वैलैमा सचेतना पु¥याउन सके बिपद जोखिम न्युनिकरणमा सघाउ हुने भएकाले तालिम उपयोगि हुने पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले बताए । कार्यक्रममा बिपद जोखिम न्युनिकरण बिज्ञ कृष्ण बसौला र युएनडिपीका कार्यक्रम अधिकृत दिपक केसीले सहजीकरण गरेका थिए ।