पाल्पा ३ वैशाख । ‘लोकसंस्कृति, परम्परा हाम्रो पहिचान, गाम्रीण विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नयाँ वर्ष २०७२ को स्वागतसँगै लोक सुसेली युवा समाज हेक्लाङ्ग ९ पाल्पाले १३औं वार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सवका अवसरमा आयोजित गैरी रमाइलो मेला २०७२ लाई सम्बोधन गर्दै नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले देशलाई विधिको शासनबाट सञ्चालन गर्नु अपरिहार्य रहेको बताए ।
उनले भने, नयाँ वर्षले नेपाली जनताको घरदैलोमा नयाँ संविधान ल्याएर अमनचयनको वातावरण सिर्जना गर्छ । देशमा सुशासन, पारदर्शीता र जवाफदेयिताकालागि लोकतन्त्र मजबूद हुनुपर्ने उल्लेख गर्दै प्रमुख अतिथि थापाले लोकसुशेली युवा समाजका युवाहरुलाई देशले के दियो भन्दा पनि देशलाई युवाहरुले धेरै कुराहरु दिए भन्ने अवस्थाको सिर्जना गर्नुपर्नेमा लाग्न आग्र गरेका थिए ।
सोही अवसरमा बोल्दै विशिष्ट अतिथिहरु नेपाली कांग्रेस क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधी रमण थापा र नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले नयाँ वर्ष २०७२ को शुभकामना व्यक्त गर्दै युवाशक्ति एकजुट भएमा आर्थिक विकासका साथै दिगो विकास निर्माण सम्भव रहेको बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त लोककलाकारहरु राजु ढकाल, शान्ति सुनार, प्रविण जिएम, डोलराज बाह्रघरे र हास्यकलाकार खेम रानाको प्रस्तुती रहेको थियो । वार्षिक उत्सवका अवसरमा क्रिकेट प्रतियोगिता समेत सञ्चालन भैरहेको छ ।
प्रतियोगितामा १६ समूहको सहभागिता रहेको छ । स्थानिय कला र संस्कृतिको जगेर्ना गर्नकालागि युवा समाजले विविध साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । कार्यक्रमको मुख्य प्रायोजन वसन्त फिल्मिस् कतारका संयोजक ईश्वर काफ्लेले गरेका हुन् ।
औपचारिक कार्यक्रम संयोजक दिलबहादुर सिंजालीको स्वागत लोक सुशेली युवा समाजका सचिव मुक्तिप्रसाद न्यौपानेको सञ्चालन र अध्यक्ष बिष्णु सेनको सभापतित्वमा सम्पन्न भएको थियो ।















प्रतिक्रिया