चितवन, ३ वैशाख । नारायणी र लुम्बिनी अञ्चलभित्रका जिल्लामा यस वर्ष पाठ्यपुस्तकको अभाव नहुने भएको छ ।
दुई अञ्चल हेर्दै आएको जनक शिक्षा सामग्री केन्द्र मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा ८० प्रतिशत पुस्तक आइसकेकाले दुई साताभित्रमा विद्यार्थीको हातहातमा पुस्तक पु¥याइने केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लवदेव जोशीका अनुसार सबै जिल्लाको सदरमुकाममा रहेका डिपोमा ५० प्रतिशत पुस्तक पुगिसकेको छ भने मागअनुसार पुस्तक पठाउने क्रम जारी रहेको छ ।
आवश्यक थप पुस्तक आउने क्रममा रहेकाले पुस्तक अभाव नहुने उहाँले बताउनुभयो । देशभर कक्षा ६ देखि १० सम्म केन्द्रले र तलका कक्षाको निजी क्षेत्रले पुस्तक बिक्री वितरण गर्दै आएको छ ।
अर्घाखाँचीमा २२ हजार, गुल्मीमा २८ हजार, पाल्पामा २७ हजार, मकवानपुरमा ३४ हजार, बारामा ४३ हजार, पर्सामा ३० हजार, नवलपरासीमा ४९ हजार, रुपन्देहीमा ५३ हजार, कपिलवस्तुमा ३४ हजार, रौतहटमा ३९ हजार र चितवनमा ४० हजार सेट गरी तीन लाख ९९ हजार सेट पुस्तक आवश्यक पर्ने केन्द्रले जनाएको छ ।
सामुदायिक विद्यालयका सेटनै केन्द्रको पुस्तक प्रयोग हुन्छ भने निजी विद्यालयले कक्षा १० मा नेपाली र अङ्गे्रजी पुस्तक पढाउँदै आएका छन् । गत वर्ष समयमा पुस्तक नपुगेपछि केन्द्रले हिमालीबाहेकका ६० वटा जिल्लामा डिपो खडा गरी पुस्तक वितरण सहज बनाएको छ ।
पुस्तक वितरणका लागि काठमाडाँै, भक्तपुर र ललितपुर केन्द्र र बाह्य जिल्लाका लागि छ वटा क्षेत्रीय कार्यालय प्रयोग गरिएको छ ।















प्रतिक्रिया