काठमाडौं, ३ वैशाख । गृह मन्त्रालयमार्फत राज्य कोषको २ करोड ३३ लाख रुपैयाँ गोप्य खर्च भएको छ ।
यो रकम सुराकी खर्चको नाममा गत आर्थिक वर्षमा खर्च गरिएको हो ।
गहृमन्त्रीले सुराकी खर्चका नाममा राज्यकोषबाट ११ लाख २० हजार सिध्याएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
०७० माघमा गृहमन्त्री भएका वामदेव गौतम र पूर्वगृहमन्त्री माधव घिमिरेले गत आर्थिक वर्षमा सो रकम खर्च गरेका हुन् ।
गृहसचिवले २१ लाख ७३ हजार, प्रहरी महानिरिक्षकले २५ लाख ४० हजार सशस्त्र प्रहरी महानिरिक्षकले १६ लाख ७५ हजार बाँडेका छन् ।















प्रतिक्रिया