२ कार्तिक २०८३, सोमबार

नौ वर्षदेखि ३५ करोडको कोष प्रयोगमै आएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaकाठमाडौं, ३ चैत । गरिब छात्रालाई छात्रवृत्ति दिन छुट्ट्याइएको ३५ करोड रुपैयाँको शिक्षा कोष नौ वर्षदेखि प्रयोगमा आउन सकेको छैन।

कक्षा ९ देखि १२ स म पढ्ने छात्रालाई छात्रवृत्ति दिन शिक्षा मन्त्रालयले स्थापना गरेको कोष कानुन अभावमा प्रयोगमा नआएको हो।

मन्त्रिपरिषद्ले २०६२ असारमा विद्यालय तहमा अध्ययनरत गरिब, जेहेनदार र मेहेनती छात्राको पठनपाठनमा सहयोग पुर्‍याउन कोष स्थापना गरेको थियो।

कोषमा अहिलेसम्म ३५ करोड ८२ लाख रुपैयाँ जम्मा भइसकेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रिपरिषद्को निर्णयपछि मन्त्रालयले दुई करोड रुपैयाँ राखेर कोष सुरु गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

मन्त्रालयले हरेक वर्ष दाताबाट संकलन गरेर छात्रवृत्ति कोषमा रकम थप्दै लगेको हो। बर्सेनि रकम थप्दै लगे पनि करोडौं रुपैयाँको कुनै प्रयोग हुन सकेको छैन।