३० आश्विन २०८३, शुक्रबार

ओखलढुंगामा इ-प्यानले बढायो करदाता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tax-jailओखलढुंगा, २ वैशाख । जिल्लाबाटै इ–प्यान वितरण सुरु भएपछि ओखलढुंगामा करदाताको संख्या बढेको छ । ०७१ कार्तिकदेखि उद्योग वाणिज्य संघले जिल्लाबाटै प्यान विरण सुरु गरेपछि राज्यलाई कर बुझाउनेको संख्या बढेको हो ।

६ महिना यता जिल्लाबाट १ सय भन्दा बढी व्यापारी तथा व्यवसायिक फर्मलाई प्यान वितरण गरिएको उद्योग वाणिज्य संघका कार्यालय सचिव नवराज दाहालले बताउनुभयो । प्रशासन, प्रहरी, सञ्चारमाध्यम लगाएतका निकायको सहयोगमा फैँलदो चेतनाको विकाससँगै राज्यलाई कर तिर्नेहरु बढेको उहाँको भनाई छ ।

जिल्लाबाटै इप्यान वितरण शुरु भएपछि करदातालाई प्यान नम्बर लिन र कर तिर्न सिरहाको लहान पुग्नु पर्ने वाध्यता हटेको छ । जिल्लामै उद्योग वाणिज्य संघबाट इप्यान वितरण कार्य थाले पछि प्यान लिने सेवाग्राहिलाई सहज भएको हो ।

कार्यालयले प्यान नम्वर नविकरणका लागि समेत अनलाइनवाट आय विवरण भरेर लाहान पठाउने गरेको छ । यसले करदातालाई सहज भएको छ । अझै सदरमुकामसहित जिल्लाका ग्रामीण क्षेत्रका अझै धेरै व्यापारी तथा व्यवसायी करको दायरामा आउन सकेका छैनन् ।