४ कार्तिक २०८३, बुधबार

भूकम्प मापन केन्द्रलाई डिजीटल प्रविधिमा लैजाने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

udyoge-matri (1) काठमाडौं, २ वैशाख । खानी तथा भूगर्भ विभाग अन्तरगत रहेका २१ वटै भूकम्प मापन केन्द्र डिजीटल प्रविधिमा जाने भएका छन् ।

फ्रान्सको भूकम्प सम्बन्धी अध्ययन गर्ने संस्था (Département Analyse, Surveillance, Environnement -DASE)का अध्यक्ष वेनेडीक गीलपाथको नेतृत्वमा आएको चार सदस्यीय टोलीले उद्योगमन्त्री महेश बस्नेतको कार्यकक्षमा भएको भेटवार्तामा उक्त विषयमा छलफल भएको हो ।

खानी तथा भूगर्भ विभागका उप महानिर्देशक डा. सोम सापकोटाका अनुसार उद्योगमन्त्री बस्नेत र फ्रान्सको उक्त टोलिबीच खानी तथा भूगर्भ विभाग अन्तरगत रहेका सबै राष्ट्यि भूकम्प मापन केन्द्रलाई आधुनिकरण गर्ने विषयमा छलफल भएको छ ।

सो छलफलमा भूकम्पका तथ्याङ्क प्रशोधन तथा मापनका लागि डिजीटल प्रविधि जडान गर्न फ्रान्स सरकारले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ ।

udyoge-matri (2)उप महानिर्देशक डा. सापकोटाले फ्रान्सले १९७८ देखिनै खानी तथा भूगर्भ विभागको आधुनिकिकरणका लागि नेपाललाई प्रत्यक्ष प्राविधिक सहयोग गदैँ आएको उल्लेख गर्नुभयो ।

उहाँले खानी तथा भूगर्भ विभागसँग हाल नेपाल भित्र दुई रेक्टर स्केलभन्दा ठूला र विश्वको जुनसुकै स्थानको पाँच रेक्टरभन्दा ठूला भूकम्प नेपालबाटै मापन गर्ने प्रविधि रहेको जानकारी दिनुभयो ।

‘हामी अहिले एनालग प्रविधिमा आधारित भएर भुकम्प मापन गदैँ आएका छौँ । अब हुने फ्रान्सको प्रत्यक्ष प्राविधिक सहयोगबाट हामी डिजिटल प्रविधिमा जान्छौँ’ उप महानिर्देशक डा. सापकोटाले भन्नुभयो ।

सो भेटवर्तामा उद्योगमन्त्रालयका सचिव, सहसचिव, खानी तथा भूगर्भ विभागका महानिर्देशक तथा उपमहानिर्देशक लगायतको सहभागिता रहेको थियो ।