४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति बराक ओबामालाई बमले उडाउन हिँडेका दुई नेपाली अमेरिकामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Guru-Dhimal-and-Bhagirath-K काठमाडौं, २ वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामामाथि बम आक्रमण ह्वाइट हाउस छिर्ने तयारीमा रहेका दुई नेपाली अमेरिकामा पक्राउ परेका छन् ।

आफुलाई अलकायदाको सदस्य बताउँदै अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिएका २८ वर्षीय गुरु धिमाल र ६७ वर्षीय भगिरथ कोइरालालाई प्रहरीले मंगलबार पक्राउ गरेको अमेरिकन समाचार संस्था वाशिङ्गटन पोष्टले सार्वजनिक गरेको छ ।

गुरु धिमालले गत शुक्रबार अमेरिकाको इर्मेजेन्सी नम्बर ९११ मा फोन गरी आफू अलकायदाको सदस्य भन्दै राष्ट्रपति निवास ह्वाईट हाउसमा आक्रमण गरी ओबामाको हत्या गर्ने चेतावनी दिएका थिए ।

प्रहरीका अनुसार उनले भनेका छन्-‘म अलकायदाको सदस्य हुँ । हामीले ह्वाइट हाउसमा बम बिष्फोट गराउने तयारी गरिरहेका छौं ।’

barak-obamaयो खबरपछि प्रहरीले बम कहाँ छ भनि सोध्दा उनले आफुसँग बम नरहेपनि न्यूयोर्कमा रहेका आफ्ना साथीहरुसँग बम रहेको र मे १ तारिखमा वासिङ्टनमा बम पड्काउने तयारी भइरहेको बताएका थिए ।

यस्तो खबर आएपछि आतंक फैलाएको अभियोगमा प्रहरीले धिमाल र उनका काका भगिरथ कोइरालालाई शनिवार घरबाटै पक्राउ गरेको हो ।

गत सोमबार अदालतमा पेश गरिएका उनीहरुलाई रिहाईका लागि अमेरिकी कानुन अनुसार २५ हजार डलर धरौटी माग गरिएको छ । परिवारका अनुसार धिमालले यस्तो काम कहिल्यै नगरेकाले प्रहरीले उनको मानसिक अबस्थाबारे परिक्षण गर्ने जनाइएको छ ।