२९ आश्विन २०८३, बिहिबार

कप्तान पारसले गरे कार्बन नयाँ स्मार्टफोन लञ्च (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras-carban-smartphone-5

काठमाडौं, २ वैशाख । राजधानीको सिटिसी मलमा जारी सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पोको पाँचौ दिनमा कार्बन मोबाइल मार्फत गुगलले ल्याएको नयाँ मोडल स्पार्कल भिएन्ड्रोइड १ स्मार्टफोन लञ्च गरिएको छ ।

नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान पारस खड्काले मेलाको पाँचौदिन बुधबार कार्बन मोबाइल मार्फत गुगलले ल्याएको नयाँ मोडल स्पार्कल भिएन्ड्रोइड १ स्मार्टफोन लञ्च गरेका हुन् ।paras-carban-smartphone-4

पारस कार्बन मोबाइलको नेपालका अधिकृत बिक्रेता अलाइड ट्रेड लिंकका लागि ब्राण्ड एम्बासडर पनि हुन् । कार्बन मोबाइलले नेपाली क्रिकेटलाई महत्वपुर्ण सहयोग गरेकोमा पारसले अलाइड ट्रेड लिंकलाई धन्यबाद दिएका छन् ।

बुधबार पारसले मोबाइल एक्स्पोमा कार्बन मोबाइल खरिद गर्ने ग्राहकले एउट टिसर्ट र त्यसमा अटोग्राफ पनि दिएका थिए ।

paras-carban-smartphone paras-carban-smartphone-1 paras-carban-smartphone-2 paras-carban-smartphone-3