काठमाडौँ, २ वैशाख । अमेरिकाको प्रख्यात दुईपाङ्ग्रे सवारी साधन उत्पादक कम्पनी युएम ब्राण्डका मोटरसाइकलको राजधानीमा आजदेखि बिक्री आरम्भ भएको छ ।
आइएमइ अटोमेटिभ्सले बिक्री वितरणको सुरुवात गरेको हो ।
आइएमइका अध्यक्ष चन्द्रप्रकाश ढकालले बिक्री आरम्भ गर्दै अमेरिकी मोटरसाइकलले नेपाली बजारमा ग्राहकका चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
एक सय २५ देखि २३० सिसीसम्मको तीन मोडल मोटरसाइकलको मूल्य एक लाख ७२ हजारदेखि तीन लाख ८५ हजार ९९९ कायम गरिएको छ । रासस
















प्रतिक्रिया