३० आश्विन २०८३, शुक्रबार

किवीफलले चिनाउँदै छ गुल्मीको भार्से गाँउलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री
गुल्मी २ बैशाख । गुल्मी जिल्लाको उत्तर पूर्वी क्षेत्रमा रहेको भार्से गाविसको भार्से गाउँ यतिबेला किवीफलले चिनाउँदै छ ।

जिल्लाको सदरमुकाम तम्घासवाट निकै दुर्गम रहेको गाँउको चारैतर्फ अग्लो पहाड, घना जगंलले घेरेको समथर मिलेको पुरानो गाँउ धेरैजसो मगर जातीको वस्ती रहेको छ ।

भार्से गाँउ १७ सय ५० मिटर उच्चाईमा रहेको चिसो हावापानी भएको एक चर्चित पुरानो गाउ परापूर्व देखिनै मकै, आलु, कोदो खेति र पशुपालन प्रमुख पेशामा मेलापात गर्दै स्थानिय वासिन्दा हरु जिवन निर्वाहा गरिरहेका छन् ।

पछिल्लो समय यता बिस्तारै कृषि वालीमा परिर्वतन गर्न खोजीरहेका छन यहाँका कृषकहरु । तरकारीमा फाटफुट काउली मुला र रायोसाग लगाएको छन भने फलफूलमा आरुवखडा, खुर्पानी नास्पती फाटफूट रुपमा लगाउने गर्दछन् ।

किवीफल यस गाँउमा २०६३ सालमा नै याँहाकै निवासी कृषि प्राविधिक बम वहादुर थापाको सकृयतामा भित्रिएको बताउँछन् । किसानहरुको साधारण व्यवस्थापनमा राम्रो फलिरहेको हावापानी सुहाउदो व्यावसायीक खेतिको नयाँ विकल्प खोज्ने क्रममा हाल यहाँका कृषकहरुले किवीफल खेतिलाई रोजेका छन् ।

यसलाई वढावा दिन महिला विकास कार्यालय तम्घासले किवीफल विषयको ५ दिने सिप विकास तालिमको आयोजनाले यस क्षेत्रका कृषकमा राम्रो उत्साह थपिएको स्थानियले बताएका छन् ।

भार्से र जुनिया गाँउको सिमानाको जगलमा जगली किवीफल पल देख्न सकिन्छ । यस फललाई यहाँको स्थानिय भाषामा गाईथुने फल (लहरा) भन्ने गर्दछन । नेपालको पूर्वि पहाडी जिल्लाहरु मकवानपुर, दोलखा, सोलु, ईलामको पहाडी क्षेत्रको जगलमा पाईने यो फललाई ठेकि फल भनिन्छ भने सोलु जिल्लामा सेर्पा भाषामा यहिफल लाई फेमियाल्दो भन्ने गर्दछन् ।

गुल्मी जिल्लाको भार्से गाँउमा पनि जंगली किवीफल पाउनाले यस क्षेत्रमा विकासी किवीफल लगाउनको लागी उपयुक्त स्थान रहेको जिल्ला कृषि बिकास कार्यलय गुल्मीले जनाएको छ ।

भार्से गाउमा किवीफल खेतिको शुरुवात हुनु राम्रो कार्य रहेको जिल्ला कृषि बिकास कार्यलय गुल्मीका वरिष्ठ कृषि बिकास अधिकृत चेतनाथ अधिकारीको भनाई छ । हाल उत्पादन भएको फल महगोमा विक्री भएपछि कृषकहरु यसको व्यवशायिकता वढाउन लागी परेका हुन् । यस वर्ष जिल्ला कृषि बिकास कार्यलयको सहयोगमा १७ सय किवीफलको विरुवा यस गाउमा लगाईएको छ ।

तर किवीफलको व्यवसायिक खेति दिगो रुपमा विकास हुनको लागी सवै पक्षवाट सहयोगको जरुरी हुने देखिएको छ । वरिष्ठ कृषि बिकास अधिकृत चेतनाथ अधिकारीका अनुसार पहिला लगाईएको किवीफल विरुवाको जात एकिन भएको छैन तसर्थ फल फलेको अवस्थामा कुन जात हो पहिचान गर्न जरुरी रहेको बताए ।

गुणस्तरीय फल फलाउनको लागी गर्नुपर्ने वगान व्यवस्थापन कार्यहरु काँटछाट, लहरा सपोर्ट, गोडमेल, मलखाद, सिँचाई कार्यमा सुधार र कृषकहरुलाई नियमित रुपमा प्राविधिक सहयोगको जरुरी रहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

गुल्मी जिल्लाको भार्से गाउमा व्यावशायिक खेति वढावा गर्नको लागी किवीफल र अलैची खेती ज्यादै उपयुक्त विकल्प देखिएको छ । यसैको खेती तथा पशुपालनबाट नमुना गाँउ हुन सक्ने कार्यालयको भनाई छ ।