रोल्पा, २ वैशाख । मस्ती गर्ने भन्दै यौनसम्पर्क गर्न बोलाएर रोल्पामा एक विवाहित महिलाले अण्डकोष थिचेर युवकको हत्या गरेकी छिन् ।
रोल्पाको मिझिङ–१ का पूजा(नाम परिवर्तित)ले दाङ गढवाका २१ वर्षीय प्रकाश चौधरीलाई यौन सम्पर्क गर्न बोलाएर अण्डकोष थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार लोग्ने बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका बेला पूजा र चौधरीबीच २०७१ भदौदेखि नियमित रुपमा शारीरिक सम्पर्क हुँदै आएको थियो ।
चौधरीले आफूलाई यौन सम्पर्क गर्न खोज्दा अण्डकोषमा जोड समाती थिचिदिएकोले उनको मृत्यु भएको विवाहित महिला पूजाले प्रहरीलाई बयान दिएकी छिन् ।
पूजा मिझिङ–७ सुलिचौरमा किराना चिया नास्ता पसल व्यवसाय गर्दै आएकी थिइन् । मृतक चौधरी सुलिचौर स्थित शंकर फर्निचर उद्योगमा मिस्त्रीको रुपमा काम गर्दै आएका थिए ।
मृत्यु पश्चात पूजाले चौधरीको शवलाई आफ्नै पसलबाट करिव ३५ मिटर टाढा मोटर बाटो छेउमा लगेर फाली दिएकी थिइन् ।
यस्तो निर्मतता पूर्वक हत्या गरेपछि प्रहरीले पूजा विरुद्ध कर्तव्य ज्यान मुद्दाको अभियोगमा लगाई पक्राउ गरेको छ । मृतकको शवलाई पोष्ट मार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया