३० आश्विन २०८३, शुक्रबार

नयाँ वर्षमा पोखरा र चितवन घुम्ने आकर्षक प्याकेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Landmark-Hotel
काठमाडौं, २ वैशाख । पोखरा र चितवनमा स्तरीय होटल संचालन गरिरहेको सम्राट ग्रुपले नेपाली पर्यटकलाई नयाँ वर्षमा विशेष प्याकेज ल्याएको छ ।

पोखराको लेकसाइडमा रहेको होटल ल्याण्डमार्क पोखरा र चितवनको बागमारास्थित ल्याण्डमार्क फरेस्ट पार्कका लागि सम्राट ग्रुपले आकर्षक प्याकेज ल्याएको हो । पोखरा घुम्ने २ रात ३ दिने प्याकेजका लागि प्रतिव्यक्ति ५ हजार ५ सय ५५ रुपैंया तिरेपुग्छ । जसमा जानासाथ पेय पदार्थले स्वागत गरिनेछ भने दुइ रात डिलक्स कोठामा आरामसाथ बस्न पाइन्छ । साथै, हरेक दिन ब्रेकफास्ट, एक रात स्पेशल डिनरसहितको सांस्कृतिक नृत्यावलोकन, एकदिन पोखराको दृश्यावलोकनको व्यवस्था, बिमानस्थल र पर्यटक बसपार्कबाट ल्याउने–लाने व्यवस्था मिलाइएको छ । ल्याण्डमार्क पोखराको स्तरीयमध्येको एक होटल हो ।

cn-pandey

यसैगरी, चितवनको बागमारास्थित सुविधासम्पन्न ल्याण्डमार्क फरेस्ट पार्कका लागि पनि आकर्षक प्याकेज ल्याइएको छ । जसका लागि प्रतिव्यक्ति ७ हजार ९ सय ९९ रुपैंया तिर्नुपर्नेछ । जसमा जानासाथ पेय पदार्थले स्वागत गरिनेछ भने तीन दिन, दुइ रात डिलक्स कोठामा आरामसाथ बस्न पाइन्छ । साथै, हरेक दिन ब्रेकफास्ट, लञ्च, डिनर, थारु गाउँमा भ्रमण, सूर्यास्त दर्शन, थारु सांस्कृतिक नृत्यावलोकन, एकघण्टा क्यानोइङ ट्रिप, हात्ती प्रजनन केन्द्रको अवलोकन, हात्ती सफारी र चराचुरुंगी अवलोकनको व्यवस्था मिलाइएको छ ।

‘यो प्याकेज नयाँ वर्षमा नेपालीहरुलाई लक्षित गरेर ल्याएका हौं,’ सम्राट गुप्रका सिइओ सीएन पाण्डे भन्नुभयो, ‘नेपालीहरुकै मागका कारण ल्याइएका् कारण यो प्याकेज नेपालीहरुले मन पराउने विश्वास लिएका छौं ।’ नेपाली पाहुनाहरुको माग अनुसार अन्य सेवा–सुविधाहरु पनि थप्न सकिने उहाँले बताउनुभयो ।