३० आश्विन २०८३, शुक्रबार

सोलुखुम्बुका होटल र पसल पूर्णरुपमा बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्लेरी (सोलुुखुम्बु), २ वैशाख । उद्योग व्यवसायीले बजार अनुगमनको विरोध गर्दै सोलुखुम्बुका सम्पूर्ण होटल तथा पसल बन्द गराएका छन् ।

गत चैत २७ गते गरिएको बजार अनुगमनमा समितिका सदस्यले व्यापारीलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै उनीहरुले दुई दिनयता सदरमुकाम सल्लेरी तथा आसपासका बजार पूर्णरुपमा बन्द गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले आफूहरुको गुनासो सुन्नको सट्टा उल्टै अपमानित गरेको भन्दै व्यवसायीले मङ्गलबारदेखि अनिश्चितकालीन बजार बन्द गराएका हुन् । उद्योग वाणिज्य सङ्घका अध्यक्ष तार्देन शेर्पा प्रजिअ धिकारीकै कारण व्यापारीहरु थप आन्दोलित भएको बताउनुभयो ।

नयाँ वर्षको सुरुवातसंगै पसल बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् । रासस