काठमाडौं, २ वैशाख । अवतरणका क्रममा अनियन्त्रित हुँदा जापानको हिरोसिमा विमानस्थलमा एक जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ ।
अवतरणको क्रममा मंगलबार दक्षिण कोरियाको इन्छन विमानस्थलबाट उडेको एसियाना एयरलाइन्सको एअरबस ए ३२० जहाज हिरोसिमा विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो ।
विमान दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । जहाजमा ७३ जना यात्रु र ८ जना पाइलटसहित चालक दलका सदस्य सवार थिए ।
विमानस्थलको धावनमार्गबाट जहाज चिप्लिएपछि इन्जिनमा आगो लागेर यात्रुहरु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आगो लागेपछि यात्रुलाई आकस्मिक ढोकाबाट जहाजबाट बाहिर निकालिएको थियो ।
खबर अनुसार अहिले अनुसन्धानकर्ताले रन वे मा कसरी जहाज चिप्लयो भन्ने बारेमा खोज अनुसन्धान गरिरहेका छन् । अहिले हिरोसिमा विमानस्थलको सेवा अवरुद्ध भएको छ । साँझदेखि मात्रै सञ्चालनमा आउने जनाइएको छ ।
महिना दिन अगाडी नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि टर्किस एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो । जसका कारण चार दिनसम्म विमानस्थल अवरुद्ध भएको थियो । एजेन्सी















प्रतिक्रिया