२९ आश्विन २०८३, बिहिबार

चीनसँग भिड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस्तो रणनीति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-styleनयाँदिल्ली, २ वैशाख । भारतको अर्थतन्त्र यस वर्ष र आउँदो वर्ष निकै द्रुत गतिले अगाडि बढी यसले आउँदो वर्ष प्रतिद्वन्द्वी चीनको आर्थिक वृद्धिदरको गतिलाई पनि उछिन्ने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ ।

यसका लागि तेलको मूल्यमा आएको कमी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लिएको सुधारको अभियानलाई प्रमुख कारणको रूपमा लिइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्नो विश्वको आर्थिक परिदृष्य नामक प्रतिवेदनमा एसियाको तेस्रो स्थानको अर्थतन्त्र सन् २०१५ मा ७।५ प्रतिशतले बढ्ने र आउँदो वर्ष सोही प्रतिशतमा कायम रहने अनुमान गरेको छ । यस संस्थाले जनवरी महिनामा भारतको अर्थतन्त्र सन् २०१५ मा ६।३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो । यसअघि यस संस्थाले सन् २०१६ का लागि भारतको वृद्धि अनुमान ६।५ प्रतिशत गरेको थियो ।

Modi-jinpingवासिङटनमा यस संस्थाको केन्द्रीय कायालयले दिएको जानकारी अनुसार हालै गरिएको सुधारबाट भारतको आर्थिक वृद्धिमा फाइदा पुग्नेछ र त्यसका कारण लगानी बढ्नेछ । यसै गरी तेलको मूल्य घट्दा पनि यसको अर्थतन्त्रमा फाइदा पुगेको बताइएको छ ।

प्रधानमन्त्री मोदीले प्रतिरक्षा तथा बिमाको क्षेत्रमा विदेशी लगानीको सीमालाई बढाउनुभएको थियो । गत वर्षको आमनिर्वाचन उहाँले आर्थिक सुधार तथा पुनस्र्थापनाको बचनबद्धतामा लडनुभएको थियो भने उहाँले त्यसपछि निकै पाइला लिनुभएको छ ।

यी सुधार धेरै व्यापारले चाहेको जस्तो दृढ भने देखिएको छैन । यसो भए पनि दक्षिणपन्थी सरकारको व्यापार प्रवर्धन गर्ने नीतिमा जोडले लगानीकर्ताको विश्वास बढेको छ ।

भारतले यस वर्षको मार्चसम्मको आर्थिक वर्षमा अर्थतन्त्र ७।४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसो गर्दा भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा छिटो वृद्धि हुने अर्थतन्त्रको स्थान प्राप्त गरेको छ । यसबीच उसले आफ्नो कूल गार्हस्थ उत्पादनको गणना गर्ने विधिमा पनि परिवर्तन गरेको थियो ।

धेरैले भारतको अर्थतन्त्र सन् १९८० पछि निकै मन्द गतिले बढेको अनुमान गरेका थिए भने नयाँ गणना विधिले प्राप्त भएको नतिजाले धेरैलाई आश्चर्यमा पारेको थियो ।

आईएमएफले चीनको आर्थिक वृद्धि गत वर्षको ७।४ प्रतिशतबाट यस वर्ष ६।८ प्रतिशत हुने अनुमान गरेको छ । यस संस्थाले सन् २०१६ मा यस मुलुकको वृद्धि ६।३ प्रतिशतले हुने अनुमान गरेको छ ।

भारत प्रमुख तेल आयातक मुलुक हो र तेलको मूल्य घट्दा उसलाई निकै फाइदा पुगेको अनुमान गरिएको छ । तेलको मूल्य घट्दा भारतको उच्च मुद्रास्फीति पनि घटेको देखिएको आईएमएफले उल्लेख गरेको छ ।

भारतमा खाद्य तथा आधारभूत वस्तुको मूल्य उच्च हुँदा त्यहाँका दशौँ लाख गरिब जनतालाई निकै कष्टमा पार्ने गर्छ ।

तेलको मूल्य कम हुँदा गरिब घरपरिवारका लागि खर्च गर्ने आय बढ्ने र त्यसले मुद्रास्फीति घटने आईएमएफले अनुमान गरेको छ । यस संस्थाले यस वर्ष उपभोक्ता मूल्य ६।१ प्रतिशतले वृद्धि हुने तथा सन् २०१६ मा यो ५।७ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

मोदी सरकारले अनुदानको आकार घटाउन डिजेलमा दिइएको अनुदान घटाएको छ । तेलको मूल्य घट्दा किसान तथा अन्य समुदायलाई सहयोग पुगेको अनुमान गरिएको छ । रासस/एएफपी