४ कार्तिक २०८३, बुधबार

कांग्रेसलाई भोट नदिएको भन्दै एमाले कार्यकर्तालाई ज्यान मार्ने धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २ बैशाख । संविधानसभा उपनिर्वाचनमा एमालेलाई मतदान गरेको भन्दै बागलुङको रेश गाविस—१ का लोकेन्द्र कार्कीलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले ज्यान मार्ने धम्की दिएका छन् ।

अलग–अलग नम्बरबाट फोन र म्यासेज गरेर ज्यान मार्ने धम्की दिएको कार्कीले बताएका छन् । ज्यान मार्ने धम्कीपछि कार्कीले दोषीलाई कार्बाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् ।

निर्वाचन सकिएपछि चैत २९ गते राती ९८०८१५०३३१, ९८४७६६०९७१, ९८६७६६९२०३३, ९८६०५०७८९० नम्बरबाट फोन गरी नेपाली कांग्रेसलाई असहयोग गरेको भन्दै धम्काएको कार्कीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

यस्तै रेश—१ बिसाउनाका रामचन्द्र कार्कीलाई पनि फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी गर्नु भएको छ । धम्की दिने व्यक्तिहरुको बारेमा खोज तलास भैरहेको प्रहरीले जनाएको छ ।