४ कार्तिक २०८३, बुधबार

पत्रकार खत्रीले बालगृहका बालबालिकासँग मनाईन् जन्मदिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malati-khatri-  म्याग्दी, १ वैशाख । म्याग्दीका क्रियाशिल पत्रकार मालती खत्रीले मङ्गलबार आफ्नो जन्मदिन म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुसँग मनाएकी छिन् । २६औं बसन्त पार गरी २७औं वसन्तमा पाइला टेकेकी खत्रीले जन्मदिनको अवसर पारेर बालगृहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरी जन्मदिन मनाएकी हुन् ।

malati-khatri-2बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै पत्रकार खत्रीले खर्चिलो र भड्किलो मनाउनु भन्दापनि यसलाई परिवर्तन गरेर जन्मदिन मनाउने प्रयास गरेको बताएकी छिन् । उनले बालगृहमा आश्रित रहेका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरी जन्मदिन मनाउन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताइन् ।

पत्रकार महासंघ म्याग्दीका कोषाध्यक्ष र कारोबार राष्ट्रिय दैनिकका संवाददाता खत्रीले बालगृहमा रहेका ९ जना बालबालिकालाई प्रतिव्यक्ति एकएक दर्जन कपी र एकएक प्याक कलम गरी दुईहजार पाँचसय रुपैयाँ बराबरको सहयोग गरेको जानकारी दिएकी छिन् ।

बालबालिकालाई जिल्ला बाल सङ्गठन म्याग्दीका सभापति हरिकुमार श्रेष्ठ, पत्रकार खत्री, उनका पिता कर्णबहादुर खत्री र नेपाल बैंकका सहायक प्रमुख सुरज घिमिरेले स्टेशनरी हस्तान्तरण गरेका थिए ।

malati-khatri-1कार्यक्रममा बोल्दै बाल सङ्गठनका सभापति श्रेष्ठले धेरै खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक कार्यमा सहयोग गर्नु सराह्रनीय भएको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी र पत्रकार खत्रीका पिता कर्णबहादुर खत्रीले मन्तव्य राखेका थिए ।

पत्रकार प्रताप बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा बालगृह प्रमुख बद्री पौडेल, म्याग्दीकाली एफएमका स्टेशन संयोजक प्रकाश पौडेल र बुद्ध एकेडेमीका शिक्षक दिपेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो ।