४ कार्तिक २०८३, बुधबार

प्रविधिमा नेपाली विद्यार्थीको चमत्कार, तीन युवाले बनाए मरुभुमिमा गुडाउने मोटरसाइकल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bike

काठमाडौं, १ वैशाख । भारतमा इन्जिनिएरिङ अध्ययन गर्न गएका नेपाली विद्यार्थीले मरुभूमि तथा अप्ठ्यारो बाटोमा समेत चलाउन सकिने क्वड बाइक (एटीभी) बनाएका छन् ।

नेपालस्थित भारतीय राजदूतावासले छात्रवृत्ति प्रदान गरेर भारतको आदित्य इन्जिनियरिङ कलेजमा अध्ययनरत नेपाली विद्यार्थी अच्युत घिमिरेको नेतृत्वमा उक्त बाइक (मोटरसाइकल) बनाएका हुन् ।

bike1

भारतीय राजदूतावासद्वारा पठाइएका चार नेपाली विद्यार्थी र दक्षिणी भारतका अन्य छ विद्यार्थीहरु मिलेर भारतको आदित्य इन्जिनियरिङ कलेजमा बनाएको उक्त बाइक १५ किलोमिटरको माइलेज तथा ५० किलोमिटरको अधिकतम गतिमा चलेको थियो ।

‘हामीले एउटा प्रोटो टाइप मात्र बनाउने प्रयास गरेका छौ,’ बाइक बनाउने प्रमुख अच्युत घिमिरेले भने,’अब हामी नेपाल आएर भारतमा बनाएको डिजाइनभन्दा पनि राम्रोसंग बाइक बनाउने प्रयत्न गर्नेछौ ।’ बाइक फ्युवृकेसनतर्फ बुटवलका कृष्ण गिरीकासाथै जनकपुरका विनोद रविदास र रवि चौधरी थिए ।

आदित्य इन्जिनिएरिङ कजेलका मेकानिकल विभागीय प्रमुख सृनिभाओ राआले डिजाइन तथा फ्युवृकेसनमा धेरै समय लाग्ने भए पनि थोरै समयमा नै विद्यार्थीको लगन र प्रतिभाको कारण रोड तथा अफ रोड दुबै ठाउँमा चल्ने क्वड वाइक बनाएको बताए ।

सो प्रोजेक्टलाई अगुवाइ गरेका विद्यार्थी अच्युत घिमिरेले साढे दुई महिनामा नै नेपाली विद्यार्थीको नेतृत्वमा क्लड बाइक बनाएको जानकारी दिदै उक्त बाइक जस्तोसुकै सडकमा पनि गुडाउन मिल्ने बताए । सामान्य बाटो, पिच रोड तथा पहाडमा समेत उक्लन मिल्ने किसिमले बाइक बनाएको भन्दै उनीले उक्त बाइक सस्पेन्सन राखेर बनाएको हुनाले बाइक जस्तोसुकै ठाँउमा पनि गुडाउन मिल्ने जानकारी दिए ।