२९ आश्विन २०८३, बिहिबार

शिक्षा मन्त्रालयमा सेबाब लडाकूको आक्रमण, ९ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sena-attack

मोगादिसु, १ वैशाख । सोमालियाको अल–कायदासँग आवद्ध सेबाब लडाकूले मङ्गलबार उच्चशिक्षा मन्त्रालयमा एक कारबम प्रयोग गरी आक्रमण गर्दा नौ व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी तथा प्रत्यक्षदर्शीले उक्त कारबमका कारण ठूलो विस्फोट भएको र बन्दुकधारी कडा सुरक्षा दिइएको उक्त मन्त्रालयभित्र प्रवेश गरेको जानकारी दिए ।

प्रहरी अधिकारी मोहमद दाहिरले एक प्रहरीका साथमा आठ नागरिकको मृत्यु भएको र मन्त्रालयका एक वरिष्ठ अधिकारीका साथमा एक दर्जन अन्य घाइते भएको जानकारी दिनुभयो ।

एक घण्टाको आक्रमणपछि प्रहरीले उक्त भवनमा पुनः नियन्त्रण कायम गरेको जानकारी दिइएको छ । विस्फोटक पदार्थले भरिएका एक गाडी उक्त मन्त्रालयको ढोकामा विस्फोट भएको बताइएको छ ।

सेबाब प्रवक्ता अब्दुलाजिज अबु मुसाबले उक्त आक्रमणको जिम्मेवारी लिएका छन् । उनले आफ्ना बन्दुकधारीको उक्त मुन्त्रालयमा पूर्ण नियन्त्रण रहेको पनि दाबी गरेका थिए । उनले लडाकूहरू नजिकै रहेको तेल मन्त्रालयमा पनि प्रवेश गरेको दाबी गरे ।

सरकारी सेनाले उक्त भवन परिसरलाई आफ्नो नियन्त्रणमा लिएका थिए र युद्ध अन्त्य भएको थियो । बन्दुकधारीको अवस्थाका विषयमा भने हालसम्म पनि जानकारी प्राप्त हुनसकेको छैन । रासस/एएफपी