४ कार्तिक २०८३, बुधबार

कर्णाली नदीमा १५ घडियाल गोही छाडियो (हेर्नुस फोटो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gohie-bardiya

– सुदीप अधिकारी
बर्दिया, १ बैशाख । बर्दिया राष्ट्रिय निकुञ्जले कर्णाली नदीमा लोपउन्मुख घडियाल जातका १५ वटा गोही छाडेको छ ।

वन्यजन्तु सप्ताहको अवसर परी मंगलबार निकुञ्जले कर्णाली नदीमा गोही छाडेको जनाएको छ । उक्त गोही चितवन राष्टिय निकुञ्जबाट ल्याईएको हो ।

गोहीको प्राकृतिक वासस्थान मानिने निकुञ्ज भित्र पर्ने कर्णाली नदीको लालमटीया र गैँडा मचानमा क्षेत्रमा ५ भाले र १० पोथी गैँडा छाडिएको हो ।

bardiyaकरिव १० किलो देखि १५ किलो सम्म तौल रहेका ४ वर्ष उमेरका घडीयाल गोही कर्णाली नदीमा छाडीएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका ईकोलोजीष्ट गोपाल प्रकाश भट्टराई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भावुक योगी, जेएनसीका अध्यक्ष राकेश वस्याल,मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष नेत्रराज आचार्य लगाएतका संरक्षणमा योगदान पुर्याउने महानुभवहरुले नदीमा गोही छाडेका थिए ।

गत वर्ष बबई नदीमा २० वटा घडीयाल गोही छाडिएको थियो ।