जिरी, १ वैशाख । जिरी नगरपालिका–४ चित्रे गाउँमा अस्ट्रेलियाली नागरिक ७६ वर्षीय एडी हुबेरको मृत्यु भएको छ ।
जिरी नगरपालिका–४ का शम्भुप्रसाद न्यौपानेको घरमा उनको मृत्यु भएको हो । जिरीका शम्भुप्रसाद न्यौपाने हुबेरका साथी हुन् ।
आफ्ना साथी न्यौपानेका लागि जिरीको चित्रे गाउँमा घर बनाउने काममा सघाउँदै आएका हुबेर चैत २८ गते जिरी आएका थिए । चौथो पटक जिरी आएका हुबेर यस पटक एक महिना जिरी बस्ने योजनामा थिए ।
सोमबार बेलुका खाना खाएर सुतेका उनी बिहान अबेरसम्म उठेनन् । उनी सुतेको ढोका नखोलिएपछि शम्भु र उनका छिमेकी वाङ्दे शेर्पाले ढोका खोलेर हेरेका थिए ।
मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पु¥याई काठमाडौँ पठाइने जिरीस्थित इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक सानुबाबु बरालले जानकारी दिनुभएको छ । रासस















प्रतिक्रिया