४ कार्तिक २०८३, बुधबार

नेपाल पत्रकार महासंघ बेलायत शाखाको साधारणसभा सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

london-press-4लण्डन, १ वैशाख । बेलायतमा रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बेलायत शाखाको साधारणसभा आइतबार सम्पन्न भएको छ ।

लण्डनस्थित ब्लु अर्किड रेष्टुरेण्टमा सम्पन्न साधारणसभा कार्यवहाक नेपाली राजदुत तेज बहादुर क्षेत्री र महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

london-press-2साधारणसभा सफलताको शुभकामना दिंदै कार्यवहाक राजदुत क्षेत्रीले दुतावास पत्रकारहरुसँग हातेमालो गर्दै अगाडी बढ्न तयार रहेको बताए । त्यस्तै गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द कँडेलले पत्रकारहरुसँगको सहकार्यमा एनआरएनए युकेले छिट्टै च्यारिटी गर्न लागेको जानकारी दिंदै त्यसमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए ।

london-press-3गैरआवासीय नेपाली संघ युकेका संरक्षक एवं पूर्व अध्यक्ष सुर्य गुरुङले बेलायतका नेपाली समाजमा भइरहेका सकाररात्मक कुराहरुलाई स्थान दिन पत्रकारहरुलाई आग्रह गरे । अध्यक्ष चिरन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगीले बेलायतमा रहेका नेपाली पत्रकारहरु व्यवसायीकता तर्फ उन्मुख हुंदै गएको बताए ।

सो अवसरमा जनजाती पत्रकार महासंघ बेलायतका अध्यक्ष किरण टि लिम्बु, एभरेष्ट टाइम्स साप्ताहिकका लिलामान शेरपुञ्जा, एनआरएन आइसीसीका सदस्य विनोद ज्ञवाली, प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राम शरण सिंखडा, जनसम्पर्क समिति बेलायतका महामन्त्री शिव तिम्सिना, प्रवासी नेपाली समाजका अध्यक्ष रोशन सापकोटा, तमुधिं युकेका अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे), समाजसेवी इशा गुरुङ, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

bike-fireकार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगी मगरले शुभकामना मन्तव्य दिए भने अर्का उपाध्यक्ष धर्मराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । महासचिव श्याम लुईंटेलद्धारा सञ्चालित कार्यक्रममा एकबर्षभित्र शाखाले गरेका गतिविधि समेटिइएको बृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक पत्रकार सुजन पराजुलीले स्वागत गीत गाएका थिए भने गीतकार एवं पत्रकार नृपेश उप्रेतीले गजल सुनाएका थिए ।

अधिबेशनमा भाग लिन बेलायतको स्टकल्याण्डबाट पत्रकारहरु माधव रेग्मी र शिव तिवारी, पिटरबरोबाट नृपेश उप्रेती र केशव भण्डारी, ग्रेसबाट किरण टि लिम्बु तथा आशफोर्डबाट छत्र बनेम सहभागी थिए । त्यस्तै बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । साधारणसभा युवा सञ्चाकर्मीहरुको सकृयतामा सञ्चालित रेडियो राइनोले प्रत्यक्ष प्रसारण गरेको थियो ।

औपचारीक कार्यक्रमपछि बसेको बन्दसत्रमा महासचिव श्याम लुईंटेलद्धारा प्रस्तुत सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष देवी गौतमद्धारा प्रस्तुत शाखाको आर्थिक प्रतिवेदन सामान्य संशोधन सहित पारित गरिएको थियो । यस्तै संस्थाले एनआरएनएसंगको सहकार्यमा आगामी ३१ नोभेम्बरमा गर्ने च्यारिटी कार्यक्रमबारे संयोजक फडिन्द्र भट्टराई तथा सदस्य वाचस्पती रेग्मीले जानकारी दिए भने, पत्रकार आचारसंहिताबारे वरिष्ठ पत्रकार भगिरथ योगीले पत्रकारहरुलाई अवगत गराएका थिए ।