– सुमन घिमिरे
मोरङ , १ बैशाख । मोरङमा नयाँ वर्ष मनाउन होटलमा बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
विराटनगर १५ मा रहेको सत्कार गेष्ट हाउसमा गएराति एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । राति साढे ११ बजे बाराको निजगढ घर भई विराटनगर ६ मा बस्दै आएका ४० वर्षीय लालबहादुर कार्की गेष्ट हाउसको छतमा मृत भेटिएका हुन् ।
कार्कीले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेकाले त्यसैका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।















प्रतिक्रिया