काठमाडौँ, ३० चैत । युवा संघ नेपालको विवाद मिलाउन लामो समयपछि संस्थापन र असन्तुष्ट पक्षबीच बैठक भएको छ । सोमबार भएको संयुक्त बैठकपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सूर्य ढकालले पाएका छन् ।
संघकी अध्यक्ष निरुदेवी पाल केही समयदेखि स्वास्थ्यका कारणले आराम गर्नुपर्ने भन्दै कार्यबाहक अध्यक्षमा संघकै उपाध्यक्ष सुर्य ढकाललाई जिम्मेवारी दिइएको हो । केही समयदेखि देखिएको समस्यालाई समाधान गर्ने पहलकदमी स्वरुप ढकाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।
नेकपा एमालेको कार्यविभाजनपछि संघको इन्चार्ज बनेका एमाले केन्द्रीय सदस्य शेरधन राईको पहलकदमीमा सस्थापन र असन्तुष्टि पक्षबीच बैठक सम्भव भएको हो । बैठकमा संघका कार्यबाहक अध्यक्ष सुर्य ढकाल, उपाध्यक्ष दिलकुमारी पन्त, महासचिव राजिव पहारी, सचिवहरु किरण. पौडेल, नरेश शाही, हस्तबहादुर शाही, क्रान्ति वुर्लाकोटी लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।
पहिलोचरणको छलफलमा संघको विधानमै रहेर समाधानको खोजी गर्ने निर्णय भएको प्रवक्ता प्रभात कटुवालले बताएका छन् । उनका अनुसार, अब केही दिनमै संघमा भएको विवाद. मिलाउने सहमति भएको छ ।
















प्रतिक्रिया