४ कार्तिक २०८३, बुधबार

द्धन्द्धपीडितको अवस्थाबारे प्रतिवदेन सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 bardiya

– यज्ञप्रसाद सापकोटा
बर्दिया, ३० चैत । बर्दियामा सशस्त्र द्धन्द्धकालीन मानव अधिकार उल्लघंनका परिपुरणीय न्याय सम्बन्धी अनुसन्धान प्रतिवदेनको सार्वजनिक गरेको छ ।

द्धन्द्धपीडितको वर्तमान अवस्था, समस्याका बारेमा अध्ययन गरीएको गरीएको प्रतिवेदन सार्वजनिक गरीएको हो । प्रतिवेदनमा द्धन्द्धको असर, अन्तरीम राहत, परीपुरण र पीडितको अवधारणाको बारेमा अध्ययन गरीएको
छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बर्दियाका बेपत्ताहरुले राहत भन्दा लास वा सास दिनको लागि आग्रह गरेका छन् ।

बर्दियामा सशस्त्र द्धन्द्धकालीन मानव अधिकार उल्लघंनका परिपुरणीय न्याय सम्बन्धी अनुसन्धान प्रतिवदेनको सार्वजनिक कार्यक्रममा बेपत्ता परिवारले सो कुरा बताएका हुन् ।

kabitaबेपत्ता सुरेशकुमार वलीकी छोरी कविता वलीले बाबाको लास या सास दिनुपर्ने बताईन् । उनले भनिन् आमालाई लिपिस्टिक पाउडर लगाउनका लागि किरीया नगरेको आरोप लगाउने गरेको भन्दै १० बर्षको उमेर देखि बुवाको माया नपाएको बताईन् ।

पुस्तक विमोचन गर्दै जिल्ला न्यायधिश ऋषिराम अधिकारीले द्धन्द्धका कारणले भएका गम्भिर प्रकृतिका मुद्दाहरुलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउनु भएको छ । द्धन्द्धको चपेटामा परेका बेपत्ता नागरीकको दर्दनाक स्थिती सरकार र नेताले बुझ्नै पर्ने बताउँदै बेपत्ता पारीएका व्यक्तीको अवस्थाको बारेमा खुलाउनु पर्ने बताउनु भयो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले राज्यले राहत दिएपनि पर्याप्त नभएको बताउनुभयो । उहाँले अझै सम्म बास्तविक द्धन्द्ध पीडितहरु अभिलेखीकरण नभएको र अवास्तविक द्धन्द्धपीडितले राहत माग गरेको बताउँदै वास्तविक द्धन्द्धपीडितको नाम अभिलेखीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।