३० आश्विन २०८३, शुक्रबार

सात लाख पचास हजार लगानीमा बाख्रापालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goat-picम्याग्दी, ३० चैत । बेनी नगरपालिका–१० तोरीपानीका आनन्द रिजालले रु सात लाख ५० हजारको लगानीमा बाख्रापालन सुरु गरेका छन् ।

जागिर त्यागेर ४४ वर्षीय रिजालले डेढ वर्षदेखि गाउँमै बाख्रापालनबाट यथेष्ट आम्दानी गर्न सफल हुनुभएको छ । दशवटा स्थानीय जातका माउ बाख्राबाट धवलागिरि बाख्रापालन फार्म सुरु गर्नुभएको हो । उहाँले रु सात लाख ५० हजार लगानीमा फार्म सञ्चालन गनुभएको हो ।

“फार्ममा ५५ मध्ये ४५ वटा बाख्रा प्रजननयोग्य छन्” सञ्चालक रिजालले भन्नुभयो । फार्ममा खरी, जमुनापारी, सिनाल, बोयरलगायतका जातका बाख्रापालन गर्नुभएको छ ।

“हालसम्म खसीबोका बिक्रीबाट रु एक लाख पचास हजार कमाइ भएको छ” उहाँले भन्नुभयो ।

तालिम लिएपछि व्यावसायिक बाख्रापालन सुरु गरेको रिजालले बताउनुभयो ।

पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाइँले व्यायसायिक बाख्रापालन गर्ने किसानलाई सक्दो सहयोग गर्दै आएको बताउनुभयो । रासस