४ कार्तिक २०८३, बुधबार

श्रीमान विदेश गएको मौकामा परपुरुषसँग शारीरिक सम्पर्क राख्दा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex2उदयपुर, ३० चैत । उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित शुक्ला बस्ने २२ वर्षीया मञ्जु खत्रीलाई अवैध गर्भबाट शिशु जन्माई हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ ।

चैत २७ गते कटारीस्थित शुक्लाको जङ्गल क्षेत्रमा एक सालनालसहितको सात महिना जतिको शिशु माटोमा पुरिएको अवस्थामा मृत फेला परेको थियो ।

बेवारिसे अवस्थामा माटोमा गाडिएको मृत शिशुका बारेमा कसले शिशुलाई गाडेको हो भनेर अध्ययन गर्ने क्रममा प्रहरीले मञ्जुलाई २९ गते पक्राउ गरेर अनुसन्धान गर्दा सो शिशु मञ्जुको नै भएको पुष्टि हुन आएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

मञ्जुको श्रीमान वैदेशिक रोजागारीका क्रममा विदेशमा रहेको र उनले परपुरुषसँग शारीरिक सम्पर्क गर्दा अवैध गर्भ बस्न गई सात महिनाको गर्भको शिशुलाई औषधि प्रयोग गरेर जन्माई मारेर गाडेको अनुसन्धानपछि खुल्न आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सरोज पौडेलले बताउनुभयो ।